प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामीमा

2020-12-03
प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राइम कमर्सियल बैंकको नाममा रहेको आफ्नो कम्पनीको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ।  
संस्थाले यहि मंसिर २५ गतेदेखि बैंकको नाममा रहेको ८६ हजार ९ सय कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो। यसअघि संस्थामा रहेको प्राइम बैंकको १ लाख १० हजार कित्ता संस्थापक सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुलाई ३५ दिनको अवधि दिइएको थियो। सो अवधिमा केवल २२ हजार ७०० कित्ता खरिद भएका कारण बाँकी रहेको ८६ हजार ९०० कित्ता लिलामीमा राखिने भएको हो।

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ र बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लिलामी सेयरको धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालय, प्राइम बैंकका शाखा कार्यालयहरु बिर्तामोड, वीरगन्ज, विराटनगर, भरतपुर र नेपालगन्जमा पुस २ गते अपराह्न ३ बजेभित्र पेस गर्न सक्नेछन्। 

 


Share this with your friends: