नेरुडे लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

2021-09-20
नेरुडे लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत फागुन २२ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस सेयर गत फागुन ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको हो। 

कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। फागुत ६ गते पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको  हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 


Share this with your friends: