नेशनल माइक्रोफाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

2021-01-04
नेशनल माइक्रोफाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को मुनाफाबाट चुक्तापूँजीको २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल २७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको २१ प्रतिशतले हुन आउने ५ करोड ५४ लाख ४९ हजार ५०२ रुपैयाँ बराबरको बोनस सेयर र ६ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ४२ हजार ७१५ रुपैयाँ बराबरको नगद लाभांस(कर समेतका लागि) रहेका छन्। 

यसरी संस्थाले कुल २७ प्रतिशतले हुन आउने ७ करोड १२ लाख ९२ हजार २१७ रुपैयाँ बराबरको लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।   

 


Share this with your friends: