काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत जेठ १६ गतेदेखि लिलामीमा राखेको ८० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई लिलामीको सूचना प्रकाशित गरी ३५ दिनको समय दिइएकाले संस्थापक सेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको संस्थाले जनाएको छ।
सेयरको न्यूनतम मूल्य प्रति सेयर १०२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाण्डौमा आजसम्म आईपुग्ने बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।