काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते आयोजना हुने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।
यसअघि गत चैत २७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।
बैठकले आगामी असार ३१ गते काठमाण्डौ महानगरपालिका वडा न.१० विनायकनगरमा मा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा लोअर ईखुवा हाइड्रोपावरले आयोजना निर्माण गर्न लिएको कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन ०२ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीमा अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय दिन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ।व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गारी पारि गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लासि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।