काठमाण्डौ । नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज २२ गते शुक्रबारका दिन भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी कम्पनीको उदेश्यमा थप व्यवस्था गर्नका लागि उदेश्य थप्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै नेपालको बैंकिङ तथा गैर बैंकिङ क्षेत्रका लागि आवश्यक कर्मचारीहरुको छनौट तथा बढुवाका लागि सम्बन्धित संस्थाका तर्फबाट परीक्षा सञ्चालन गर्ने तथा नतिजा प्रकाशन गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८ असारमसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।