नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-01-10
 नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(.पुस २६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(पुस २७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

संस्थाले गत आर्थिक वर्षका लागि ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ४५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी माघ ६ गते आयोजना हुने संस्थाको ८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: