काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले लिलामीमार्फत बिक्री गर्न राखेको १ लाख ४ हजार कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
संस्थाले गत मंसिर १७ गतेबाट १ लाख ४ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । संस्थाले लिलामी मार्फत बिक्री गर्न लागेको यो सेयरमा विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएका संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ तोकिएको छ।
संस्थाको धितोपत्र बिक्री प्रबन्धमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।