नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

2021-05-20
नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। 

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो। संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

नेष्डो समृद्ध लघुवित्त र ग्लोबल आइएमई क्यापिटलबीच बिक्री प्रबन्धक नियुक्तीका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा संस्थाका तर्फबाट कार्यकारी अध्यक्ष विश्वप्रकाश प्रसाई र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। 

पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको संस्थामा दुईवटा संस्था र ८१ जना संस्थापक सेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ ।  

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ७८ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँंदै आइरहेको छ । 

नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाका रुपमा इजाजत प्राप्त गरेसँगै वित्तीय कारोबार गर्दै आईरहेको छ। 


Share this with your friends: