काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।
संस्थाको आईपीओ बाँडफाँड कार्यक्रम आज काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा सम्पन्न भएको हो।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो। तीमध्ये ४ हजार ११६ जनाको आवेदन रद्द भएका छन् भने २५ लाख २२ हजार ९५५ आवदेकको आवेदनमात्र सदर भएको छ। मागभन्दा बढीको आवेदन परकोले सदर आवेदकमध्ये गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले सेयर पाएका छन्। दोस्रो चरणको गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये ३ जनाले थप १–१ कित्ताको दरले सेयर पाएका छन्। आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६४५ जना आवेदकको हात खाली भएको छ।
संस्थाले गत फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको थियो ।
निष्कासन गरिएको सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४४ हजार ४३७ कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।