काठमाण्डौ । न्यादी गुप्र पावर लिमिटेडको अध्यक्षमा शेलेन्द्र गुरागाई नियुक्त भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले गुरागाईलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि असार १४ गते सञ्चालक समितिका सञ्चालक अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईले घरायशी कारण देखाई राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।