परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

2020-12-31
परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा समूहमा हरियाली छाएको छ। आज जीवन बीमा समूह १७२.७१ अंकले बढ्दै १३४७१.५४ को उचाईमा पुग्यो। 

आज अर्काे बीमा समूह निर्जीवन बीमा समूहमा भने गिरावट आएको छ। निर्जीवन बीमा समूह ९६.४३ अंकले ओरालो लाग्दै ९४४०.०४ को बिन्दुमा सीमित बन्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने दुईवटा बीमा कम्पनी परे। आज आइएमई जनरल इनस्योरेन्स कम्पनीको सेयरमूल्य २.९५ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य १.९८ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। यो वृद्धिसँगै आज नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुग्न सफल भयो। परिसूचक २५.२१ अंकले बढ्दै २०८७.२७ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २०७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ सय कित्ता सेयर ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँमा किनबेच भयो। यसअघि डिसेम्बर २ मा नेप्से २०७१ को बिनदुमा पुगेको थियो। 

आज बजारमा एउटा मात्रै समूहमा गिरावट आयो भने अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ३०.५७ अंकले बढेको आज व्यापार १८७.७३, होटल १.३१, विकास बैंक १४.३१, हाइड्रोपावर ४.८, वित्त ४.२९, उत्पादन तथा प्रशोधन २.४५, अन्य २३.८९ र लघुवित्त ०.१८ अंकले बढे। आज म्युचुअल फन्ड समूह ०.०१ प्रतिशतले बढ्यो। 

यो दिन निर्जीवन बीमा समूह ९६.४३ अंकले ओरालो लाग्यो। 

आज सबैभन्दा धेरै कमाउने कम्पनीको रुपमा साल्ट टे«ेडिङ कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो। यसैगरी एभरेष्ट बैंकको सेयरमूल्य ६.६७ प्रतिशत, गुडविल फाइनान्स ५.९७, लक्ष्मी बैंक ५.९३ र सिद्धार्थ बैंकको सेयरमूल्य ५.५७ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने कम्पनीको रुपमा नारायणी डेभलपमेन्ट बैंक रह्यो। यो बैंकको सेयरमूल्य ३.८७ प्रतिशतले घट्यो भने आएइमई जनरल २.९५, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक २.९४ र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य २.९० प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्ट्रीलरीको सर्वाधिक सेयर कारोबार भएको छ। आज यो कम्पनीको ४६ करोड ८८ लाख बढीको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स ३७ करोड ८ लाख बढी र सीआईटीको २८ करोड ७८ लाख बढीको कारोबार भएको छ। 

 


Share this with your friends: