काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ। आज निर्जीवन बीमा समूह १७६.८६ अंकले बढ्दै ८२९५.३६ को उचाईमा पुग्यो। अघिल्लो दिनपनि यो समूहमा २७.२५ अंकको बढोत्तरी आएको थियो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा आयो।
निर्जीवन बीमा समूह जस्तै जीवन बीमा समूहमा पनि आज वृद्धि आयो। आज यो समूह १४ अंकले उकालो लाग्दै ९७१६.४५ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन भने यो समूहमा ९.४ अंकले घटेको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा राष्ट्रिय बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य आज ७.८६ प्रतिशतले बढ्यो। यो कम्पनीको सेयरमूल्य १ हजार २ रुपैयाँले बढ्दै प्रतिकित्ता १३ हजार ७७२ रुपैयाँ कायम भयो। त्यस्तै जनरल इन्स्योरेन्सकोे सेयरमूल्य २.८५ बढ्दै प्रतिकित्ता ५४० रुपैयाँ कायम भयो। त्यस्तै आईएमई जनरल इनस्योरेन्सका लगानीकर्ताले पनि २.०८ प्रतिशतका दरले कमाए।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एक मात्रै बीमा कम्पनीको रुपमा गुराँस लाइफ मात्रै रह्यो। आज यो कम्पनीको सेयरमूल्य १.७८ प्रतिशले घट्यो।
बजारमा अरु के–के भयो ?
पछिल्ला तीनदेखि निरन्तर करेक्सन आईरहेको नेप्से परिसूचकमा आज भने वृद्धि देखियो। आज नेप्से परिसूचक ५.४० अंकले बढ्दै १६४३.०३ को उचाईमा पुग्यो। यो दिन बजारमा १९८ कम्पनीका ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर २ अर्ब २३ करोड ७९ लाख ६४ ५७२ रुपैयाँमा किनबेच भयो।
आज दुईवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। व्यावार समूह ५५.९२ अंकले बढेको यो दिन होटल १.९६, हाइड्रोपावर ७.१४, वित्त ५.४, उत्पादन तथा प्रशोधन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३ र म्युचुलअ फन्ड ०.२७ अंकले बढे।
त्यस्तै आज विकास बैंक समूहमा सर्वाधिक गिरावट आयो। आज यो समूह १६.२१ अंकले ओरालो लाग्यो। यो दिन बैंकिङ समूह पनि २.१७ अंकले ओरालो लाग्यो।
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। विशाल बजार कम्पनी, समिट लघुवित्त र पाँचथर पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले उछाल आयो।
आज महालक्ष्मी विकास बैंक र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा सबैभन्दा बढी ३ प्रतिशतको हाराहारीमा गिरावट आयो।
आज नेप्सेमा सूचीकृतमध्ये १९८ कम्पनीका ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँमा कारोबार भयो।
यो दिन एनटीसीको सर्वाधिक १० करोड रुपैयाँ बढीको कारोबार भयो।
एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको आज प्राइम कमर्सियल बैंकको ८ करोड ४ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ६ करोड ३७ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ५ करोड ९७ लाख रुपैयाँ, डेप्रोक्स लघुवित्तको ५ करोड १० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको ४ करोड ८९ लाख रुपैयाँ, अपी पावरको ४ करोड ८१ लाख रुपैयाँ, प्रभु बैंकको ४ करोड ८० लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भयो।