परिसूचकको ओरालो यात्रा तेस्रो दिन पनि जारी, बीमातर्फ पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

2020-12-17
परिसूचकको ओरालो यात्रा तेस्रो दिन पनि जारी, बीमातर्फ पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह २७४.२७ अंकले ओरालो लाग्दै १३२५८.०९ को बिन्दुमा सीमित बन्यो। 

आज निर्जीवन बीमा समूह पनि १३५ .५९ अंकले घट्दै ९६६३.४५ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज बीमा कम्पनीहरुतर्फ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य सर्वापध बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.३६ प्रतिशतले बढ्दै प्रतिकित्ता ९५१ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले घट्दै प्रतिकित्ता १४९२ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

तेस्रो दिन निरन्तर ओरालो लाग्ने क्रममा आज नेप्से परिसूचक २२.७० अंकले घट्यो। दोहोरो अंकको गिरावट सँगै आज नेप्से परिसूचक २०३२.५१ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा १९५ कम्पनीका १ करोड ४१ लाख १४ हजार ४६० कित्ता सेयर ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँमा किनबेच भयो। 
१२ वटा समूह मध्ये आज लघुवित्त समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा गिरावट आयो। आज लघुवित्त समूह ९.२८ अंकले बढ्यो। 

यस्तै बैंकिङ समूह ११.४ अंकले घटेको आज व्यापार ५८.०१, होटल ३२.०६, विकास बैंक १६.६८, हाइड्रोपावर २७.३६, वित्त ८.३९, उत्पादन तथा प्रशोधन ३५.१, अन्य ३२.४५ र म्युचुअल फन्ड ०.०७ अंकले घटे। 

आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन महुली सामुदायिक लघुवित्त, माउन्टेन इनर्जी र छ्याङ्दी जलविद्युत् कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।

यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सार्वधिक ८ प्रतिशतको हाराहारीमा गिरावट आयो। 
 
आज पुनर्बीमा कम्पनीको सर्वाधिक ८० करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख रुपैयाँको कारोबार भएको यो दिन नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ, नागरिक लगानी कोषको २६ करोड १७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ५३ लाख रुपैयाँ, नबिल बैंकको २३ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १६ करोड ९१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १६ करोड ७५ लाख रुपैयाँ, मेगा बैंकको १६ करोड ५९ लाख रुपैयाँ र शिवम सिमेन्ट्सको १३ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार भयो।


Share this with your friends: