काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ६५.८५ अंकले बढ्दै ८२७५.१३ को उचाईमा पुगेको छ। अघिल्लो कारोबार दिन यो समूहमा १८.७९ अंकको बढोत्तरी आएको थियो।
निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज यो समूह १७.१९ अंकले घट्दै ९७७४.८७ को बिन्दुमा झर्यो। अघिल्लो कारोबार दिन यो समूह ८६.९३ अंकले बढेको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयरमूल्य ४१ रुपैयाँले बढ्दै प्रति कित्ता ४५४ रुपैयाँ कायम भयो। त्यस्तै आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि ८.३९ प्रतिशतले बढ्दै प्रति कित्ता ९६९ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूिचक ४.२२ अंकले बढ्यो। यो वृद्धिसँगै नेप्से परिसूचक १६५२.८० को उचाईमा पुग्यो। यो दिन बजारमा १९५ कम्पनीका १ करोड ३५ हजार ३१३ कित्ता सेयर ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँमा किनबेच भयो। यो रकम अघिल्लो दिनको तुलनामा बढि हो। अघिल्लो दिनको कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ रहेको थियो।
आज ६ वटा समूहमा हरियाली छायो भने ६ वटै समूहमा रातो पोतियो। यो दिन सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। त्यस्तै व्यापार समूह ५८.८ अंकले बढेको यो दिन अन्य ४६.६४, लघुवित्त ३१.६२ र उत्पादन तथा प्रशोधन २६.६८ अंकले बढे।
आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज बैंकिङ समूह ११.५२ अंकले घट्यो भने होटल ४.१, विकास बैंक १५.२६, हाइड्रोपावार १५.२३ रम्युचुअल फन्ड ०.०४ अंकले घटे।
आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा मिथिला लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा पनि ८ प्रतिशत बढीको उछाल आयो।
यो दिन घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आयो।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड लाख रुपैयाँ बढीको कारोबार भयो। एनटीसीको १३ करोड ७४ लाख रुपैयाँको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख रुपैयाँ, अपी पावरको १० करोड ८५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ३२ लाख रुपैयाँ, एभरेष्ट बैंकको ९ करोड ६९ लाख रुपैयाँ, प्रभु बैंकको ८ करोड २० लाख रुपैयाँ, अरुण काबेली पावरको ८ करोड ५ लाख रुपैयाँ, नबिल बैंकको ७ करोड ८५ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ७ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भयो।