परिसूचकमा भारी करेक्सन आउँदा प्रभु लाइफको सेयरमूल्यमा भने उछाल

2021-01-31
परिसूचकमा भारी करेक्सन आउँदा प्रभु लाइफको सेयरमूल्यमा भने उछाल

काठमाण्डौ । साताको पहिलो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ४६०.३७ अंकले घट्दै १७३६७.३१ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूह पनि २६४.०४ अंकले ओरालो लाग्दै १२२९८.१२ को बिन्दुमा झर्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९३ प्रतिशतले बढ्दै प्रतिकित्ता ७६४ रुपैयाँ कायम भयो। त्यस्तै आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ८.७३ प्रतिशतले बढ्दै प्रतिकित्ता १५१९ रुपैयाँ र एन एनएलजी इन्स्योरेन्सको ४.३४ प्रतिशतले बढ्दै प्रतिकित्ता १०३३ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स रह्यो। आज यो कम्पनीको सेयरमूल्य ५.८६ प्रतिशतले घट्दै प्रतिकित्ता १०४५ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ५४.७५ अंकले घट्दै २३७०.५४ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता सेयर ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा १२ वटा समूहमा नै गिरावट आयो। बैंकिङ समूह ४२.०१ अंकले घटेको आज व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, हाइड्रोपावर ३७.१२, वित्त ५०.७२, उत्पादन तथा प्रशोधन १३२.९५, अन्य २५.५९, लघुवित्त १२१.२३ र म्युचुअल फन्ड ०.०६ अंकले घटे। 

आज प्रभु लाइफको सेयरमूल्यमा सर्वाधिक उछाल आएको छ। कम्पनीको सेयरमूल्य ९.९३ प्रतिशतले बढ्दै ७६४ रुपैयाँ कायम भयो। त्यस्तै सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ८.७३ प्रतिशत, सिभिल लघुवित्त ६.०२, नारायणी विकास बैंक ५.७८ र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.४९ प्रतिशतले बढ्यो। 

यस्तै आज रिलायन्स फाइनान्सको सेयरमूल्यमा सर्वाधिक ८.३० प्रतिशतले घट्यो। यसैगरी गोर्खाज फाइनान्सको ७.८३ प्रतिशत, युनाइटेड इदी मर्दी ७.६६, गुडविल फाइनान्स ७.५४ र मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ७.४१ प्रतिशतले घट्यो। यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ४३ करोड ४३ लाख बढीको सेयर कारोबार भयो। यस्तै शिखर इन्स्योरेन्सको ३४ करोड ७९ लाख, प्रभु लाइफ ३१ करोड ४२ लाख, एनआईसी एशिया बैंक ३० करोड ८७ लाख र नेपाल टेलिकमको ३० करोड ६२ लाख बढीको सेयर कारोबार भयो।        

 


Share this with your friends: