परिसूचकमा सामान्य करेक्सन, दुवै बीमा समूहमा गिरावट

2021-02-03
परिसूचकमा सामान्य करेक्सन, दुवै बीमा समूहमा गिरावट

काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १९७.०६ अंकले घट्दै १८१३८.७४ को बिन्दुमा झर्यो। निर्जीवन बीमा समूह पनि १०३.१७ अंकले घट्दै १२९४५.८१ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.०७ अंकले बढ्दै प्रतिकित्ता ७२६ रुपैयाँ कायम भयो। यस्तै आज आइएमई जनरलको सेयरमूल्य ४.६७, सानिमा जनरल ४.५६ र रिलायन्स लाइफको सेयरमूल्य ४.१७ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै कम्पनीको रुपमा हिमालयन जनरल रह्यो। आज यो कम्पनीको सेयरमूल्य ३.३५ प्रतिशतले घट्दै प्रतिकित्ता ७२२ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा करेक्सन आएको छ। आज परिसूचक ६.८१ अंकले घट्दै २४६६.९२ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०२ कम्पनीका २ करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ४ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। बैंकिङ समूह ४.०७ अंकले बढेको आज हाइड्रोपावर १९.७९, लघुवित्त १.०७ र म्युचुअल फन्ड ०.०५ अंकले बढे। 

आज स्वाभिमान लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने उन्नती सहकार्य लघुवित्तको ९.९८, जनउत्थान सामूदायिक लघुवित्तको ९.९८, माहुली सामूदायिक लघुवित्त ९.८१ र अरुण काबेली पावरको सेयरमूल्य ७.२१ प्रतिशतले बढ्यो। 

आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक ७.८८ प्रतिशतको गिरावट आयो। यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.३९, मल्टीपर्पस फाइनान्स ३.८६, प्रोग्रेसीफ फाइनान्स ३.५७ र युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य १६८ रुपैयाँले घट्यो। 

यो दिन ग्लोबल आइएमई बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। आज बैंकको ६० करोड ८० लाख बढीको सेयर कारोबार भयो। यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड २० लाख, अरुण काबेली पावर ३४ करोड ६० लाख, नेपाल टेलिकम ३२ करोड ५४ लाख र नेपाल बैंकको २९ करोड बढीको सेयर कारोबार भयो।     

 


Share this with your friends: