परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-03-07
परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०६.३२ अंकले घटेर १६६२७.०३ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८५.५१ अंकले घट्दै १२६८५.५१ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.५४ प्रतिशतले बढ्दै प्रतिकित्ता ८६४ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा पनि एउटा मात्रै कम्पनीको रुपमा गुराँस लाइफ इन्स्योरेन्स रह्यो। आज कम्पनीको सेयरमूल्य ३.३९ प्रतिशतले घट्दै प्रतिकित्ता ७१२ रुपैयाँमा झर्यो। 

बजारमा अरु के–के भयो ?

आज बजारमा दोहोरो अंकको गिरावट आयो। आज नेप्से परिसूचक २१.५८ अंकले घट्दै २४८५.०९ को बिन्दुमा झर्यो। यो दिन बजारमा २११ कम्पनीका १ करोड १७ लाख ७८ हजार ८२० कित्ता सेयर ५ अर्ब ५४ लाख ६६ हजार ४८० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूहमा मात्रै हरियाली छायो। आज होटल एण्ड टुरिजम समूह ५०.१५ अंकले बढ्यो भने हाइड्रो समूह पनि १८.३४ अंकले उकालो लाग्यो। 

बैंकिङ समूह १२.४१ अंकले घटेको आज व्यापार समूह १८१.४८, विकास बैंक ५.५६, वित्त ३.२६, उत्पादन तथा प्रशोधन ८२.२९, अन्य १७.७१, लघुवित्त ५१.७९, म्युचुअल फन्ड ०.०२ र लगानी समूह १.७५ अंकले घट्यो। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९२ प्रतिशतले बढ्यो। त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ९.८३, रैराङ हाइड्रोपावर ९.६९ र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.१४ प्रतिशतले बढ्यो। 

आज नेशनल हाइड्रो पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। आज कम्पनीको सेयरमूल्य ५.५२ प्रतिशतले घट्यो। यसैगरी आज एसटीसीको सेयरमूल्य ५, बोटलर्स नेपाल ३.९६ र किसान लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज निफ्राको ४२ करोड ७८ लाख बढीको सेयर कारोबार भयो भने नेपाल बैंकको ३९ करोड ६९ लाख, अपर तामाकोशि २४ करोड २३ लाख, ग्लोबल आएइमई बैंक १७ करोड १३ लाख र नेपाल इन्स्योरेन्सको १५ करोड ७६ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: