परिसूचकमा झिनो गिरावट, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-03-10
परिसूचकमा झिनो गिरावट, बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२८.८३ अंकले घट्दै १६२९६.६४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२७.३६ अंकले घट्दै १२४४३.४५ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज शिखर इन्स्योरेनसको सेयरमूल्य ४ प्रतिशतले घट्दै प्रतिकित्ता १९७० रुपैयाँ कायम भयो। त्यस्तै सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य पनि २.७६ प्रतिशतले घट्दै प्रतिकित्ता १५१७ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। परिसूचक ३.४० अंकले घट्दै २४५८.४८ को बिन्दुमा झर्यो। यो दिन बजारमा २०५ कम्पनीका ७८ लाख १६ हजार ८७४ कित्ता सेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ७ वटा समूहमा हरियाली छायो। आज व्यापार समूहमा चमक आयो। व्यापार समूह २९६.९७ अंकले बढेको आज होटल एण्ड टुरिजम ५१.७२, हाइड्रोपावर ४.१८, वित्त ४.५३, उत्पादन तथा प्रशोधन ९५.७६, अन्य ३८.७३ र लगानी समूह ०.०२ अंकले बढे। 

यस्तै आज बैंकिङ समूह १०.९, विकास बैंक १०.८४, लघुवित्त ४०.०१ र म्युचुअल फन्ड ०.०३ अंकले घटे। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। निरन्तर उकालो लाग्ने क्रममा आजपनि यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढदै प्रति कित्ता ८०४ रुपैयाँ कायम भयो। त्यस्तै आज घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ९.९२, नेपाल हाइड्रो डेभलपर्स ९.५५, एनआरएन ८.८५ र साल्ट ट्रेडिङको सेयरमूल्य ८.७४ प्रतिशतले बढ्यो। 

आज रैराङ हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ४.६० प्रतिशतको गिरावट आयो। आज मिथिला लघुवित्तको सेयरमूल्य ४.१५, अरुण भ्याली हाइड्रोपावर ३.५१ र महुली सामूदायिक लघुवित्तको सेयरमूल्य ३.३६ प्रतिशतले घट्यो। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ५५ करोड ७० लाख बढीको सेयर कारोबार भयो। त्यस्तै निफ्राको २० करोड ७१ लाख, अरुण भ्यालिको १४ करोड ६६ लाख, नेपाल इन्स्योरेन्स १३ करोड ४९ लाख र शिखर इन्स्योरेन्सको १२ करोड ६२ लाख बढीको सेयर कारोबार भयो।     

 


Share this with your friends: