काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १९२.६१ अंकले घटदै ११८७६.३० को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १२१.०६ अंकले ओरालो लाग्दै १५७२१.६९ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ४.३७ प्रतिशतले घट्दै प्रतिकित्ता ७२२ रुपैयाँ कायम भयो। यस्तै आज गुराँस लाइफको सेयरमूल्य २.४९ र शिखर इन्स्यारेन्सको सेयरमूल्य २.४४ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १८.०७ अंकले ओरालो लाग्दै २३८९.१९ को बिन्दुमा झर्यो। यो दिन बजारमा २१२ कम्पनीका ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ०६६ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज ५ वटा समूहमा हरियाली छायो। आज होटल एण्ड टुरिजम समूहमा सर्वाधिक उछाल आयो। यो समूह ९०.९३ अंकले बढ्यो भने व्यापार ५५.१, उत्पादन तथा प्रशोधन १०.२, म्युचुअल फन्ड ०.०१ र लगानी समूह ०.५३ अंकले बढ्यो।
बैंकिङ समूह १७.४१ अंकले घटेको आज विकास बैंक ११, हाइड्रोपावर ०.७८, वित्त ७.२१, अन्य ३८.४३ र लघुवित्त २५.२३ अंकले घटे।
आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९५ प्रतिशतले बढ्यो भने घलेम्दी हाइड्रोको ९.४९, पञ्चकन्या माई हाइड्रो ९.४७, आखु खोला जलविद्युत ९.०३ र महुली सामूदायिक लघुवित्तको सेयरमूल्य ५.०८ प्रतिशतले बढ्यो।
आज हिमालयन पावर पार्टनरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.२५ प्रतिशतले घट्यो। यस्तै सूर्योदय लघुवित्तको सेयरमूल्य ४.६१, पु्रडेन्सियल इन्स्योरेन्स ४.३७ र अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्य ४.२९ प्रतिशतले घट्यो।
यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज निफ्राको ४३ करोड ६२ लाख बढीको सेयर कारोबार भयो। यसैगरी अपर तामाकोशीको २९ करोड ८३ लाख, नविल बैंक १९ करोड ७१ लाख र नेपाल लाइफको १२ करोड ९० लाख बढीको सेयर कारोबार भयो।