परिसूचकमा वृद्धि सहित झण्डै ५ अर्ब हाराहारीको कारोबार, टर्नओभरमा पुनर्बीमा कम्पनी अगाडि

2020-11-12
परिसूचकमा वृद्धि सहित झण्डै ५ अर्ब हाराहारीको कारोबार, टर्नओभरमा पुनर्बीमा कम्पनी अगाडि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज निर्जीवन बीमा समूह ३९.१६ अंकले बढ्दै ८८१४ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३३९.३२ अंकको उछाल आएको थियो। 

निर्जीवन बीमा समूह बढेपनि आज जीवन बीमा समूहमा भने गिरावट आयो। आज जीवन बीमा समूह २८.९२ अंकले घट्यो। अघिल्लो कारोबार दिन यो समूहमा ७.०३ अंकको बढोत्तरी आएको थियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सानिमा जनरल इन्स्योरेन्स रह्यो। आज सानिमा जनरलको सेयरमूल्य ४.०१ प्रतिशतले बढ्दै प्रतिकित्ता ५७० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकले वृद्धिका साथ कारोबार साताको अन्त्य गरेको छ। आज नेप्से परिसूचक १०.८२ अंकले बढ्दै १७१८.४९ को उचाईमा पुग्यो। यो दिन बजारमा १९८ कम्पनीका १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँमा किनबेच भयो। 

आज पाचँ वटा समूहमा मात्रै हरियाली छायो। आज व्यापार समूहका लगानीकर्ता मालामाल भए। यो समूह १६४.७१ अंकले बढ्यो। त्यस्तै बैंकिङ समूह १०.२१ अंकले बढेको यो दिन अन्य २८.३९ र म्युचुअल फन्ड ०.०१ अंकले बढे। 

आज सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा आयो। आज यो समूह ३०.८६ अंकले घट्यो। आज होटल समूह १८.४१, विकास बैंक ४.४७, हाइड्रोपावर ६.४५, वित्त ३.६५ र लघुवित्त १.७१ अंकले घटे। 

आज दुईवटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो दिन साल्ट ट्रेडिङ कर्पोरेसन ९एसटीसी० र विशाल बजार कम्पनीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज नाडेप लघुवित्तको सेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले उछाल आएको छ।

यो दिन गणपति माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ। 
आज नेपाल पुनर्बीमा कम्पनीको सार्वधिक २८ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेपाल टेलिकमको २६ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको आज प्रभु बैंकको २० करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड ७६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको १५ करोड ९४ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १३ करोड ६४ लाख रुपैयाँ, नागरिक लगानी कोष ९सीआईटी० को १३ करोड ६३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ४९ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।


Share this with your friends: