काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३१५.९६ अंकले घट्दै १७१६६.८३ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८३.५८ अंकले घट्दै १२६०७.४२ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। आज कम्पनीको सेयरमूल्य ४.७१ प्रतिशतले घट्दै प्रतिकित्ता ७६८ रुपैयाँ कायम भयो। यस्तै आज गुराँस लाइफको सेयरमूल्य २.९२, सूर्या लाइफ इन्स्योरेन्स २.७६ र जनरल इन्स्योरेन्सको सेयरमूल्य २.६३ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २४.०८ अंकले घट्दै २५१४.३९ को बिन्दुमा सीमित बन्यो। आज बजारमा २११ कम्पनीका १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा किनबेच भयो। आज कारोबार रकममा गिरावट आएको छ। अघिल्लो कारोबार दिन २०६ कम्पनीका १ करोड २४ लाख ३० हजार ००२ कित्ता सेयर ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँमा किनबेच भएको थियो।
आज बजारमा दुईवटा समूहमा मात्रै हरियाली छायो। आज होटल एण्ड टुरिजम समूह १०४.९७ अंकले बढ्यो भने हाइड्रोपावर पनि १०१.७३ अंकले बढ्यो।
बैंकिङ समूह २१.४८ अंकले घटेको आज व्यापार १६.५, विकास बैंक १९.५३, वित्त ८.१९, उत्पादन तथा प्रशोधन १२९.२२, अन्य ३०.६२, लघुवित्त ९२.७८, म्युचुअल फन्ड ०.०५ र लगानी समूह १.४ अंकले घटे।
आज अपर तामाकोशीको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९९, अरुण भ्याली हाइड्रोपावर ७.४४, आखुखोला जलविद्युत ६.२१, वोमी लघुवित्त ५.९७, सान्जेन जलविद्युत ५.४१ र ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.३८ प्रतिशतले बढ्यो।
आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.७१ प्रतिशतले घट्यो। आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्य ४.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९९, आरम्भ चौतारी लघुवित्त ३.७८ र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो।
यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ४६ करोड ९६ लाख बढीको सेयर कारोबार भयो भने नेपाल बंगलादेश बैंकको ३१ करोड ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्स २६ करोड २२ लाख, डिप्रोक्स लघुवित्त २५ करोड ४० लाख र निफ्राको १९ करोड ७७ लाख बढीको सेयर कारोबार भयो।