परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

2021-03-23
परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ भने जीवन बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १७४.०४ अंकले बढ्दै १२७८१.४६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ९८.७८ अंकले घट्दै १७०६८.०५ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। आज कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशतले बढ्दै प्रतिकित्ता १७,८०० रुपैयाँ कायम भयो। त्यस्तै आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ४.६२ प्रतिशतले बढ्दै प्रतिकित्ता १२२४ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। परिसूचक १४.५७ अंकले बढ्दै २५२८.९५ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा किनबेच भयो। अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा गिरावट आएको छ। अघिल्लो कारोबार दिन २११ कम्पनीका १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा किनबेच भएको थियो। 

१३ वटा समूहमध्ये आज बजारमा ७ वटा समूहमा हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि व्यापार समूहमा आयो। व्यापार समूह ३४६.४६ अंकले बढेको आज होटल एण्ड टुरिजम १५५.५, हाइड्रोपावर १२९.८४, लघुवित्त ६९, म्युचुअल फन्ड ०.०२ र लगानी समूह १.०३ अंकले बढे। 

आज बैंकिङ समूह ६.६८, विकास बैंक ६.०५, वित्त ४.७४, उत्पादन तथा प्रशोधन ४२.३३ र अन्य समूह ११.४१ अंकले घटे। 

आज साल्ट ट्रेडिङको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै आज चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९८, रसुवागढी हाइड्रोपावर कम्पनी ९.९७, कालिका पावर कम्पनी ९.९६, सान्जेन जलविद्युत कम्पनी ९.९४, वोमी लघुवित्त ९.९३, अपर तामाकोशी ९.९२, रैराङ हाइड्रोपावर ९.८९ र सूर्योदय लघुवित्तको सेयरमूल्य ८.३५ प्रतिशतले बढ्यो। 

आज पञ्चकन्या माइहाइड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। आज कम्पनीको सेयरमूल्य ४.१५ प्रतिशतले घट्यो भने सप्तकोशी डेभलपमेन्ट बैंक ३.६१, हिमालयन पावर पाटर्नर ३.१३ र अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्य २.६९ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। बैंकको ५२ करोड ६० लाख बढीको सेयर कारोबार भयो। आज अपर तामाकोशीको ३२ करोड ८१ लाख, नेपाल बंगलादेश बैंक २८ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्स १५ करोड ५७ लाख र रसुवागढी हाइड्रोपावरको १३ करोड ७४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: