परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-03-25
परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा समूह १६९.८ अंकले घट्दै १७०३९.४७ को बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ५४.१५ अंकले घट्दै १२९४८.३४ को बिन्दुमा सीमित बन्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ७.८२ प्रतिशतले बढ्दै प्रतिकित्ता १२५४ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज बजारमा दोहोरो अंकको करेक्सन आएको छ । नेप्से परिसूचक २१.२९ अंकले घट्दै २५४८.९६ को बिन्दुमा सीमित बन्यो । यो दिन बजारमा २०८ कम्पनीका १ करोड २५ लाख ४८ हजार १४६ कित्ता सेयर ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँमा किनबेच भयो । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकममा वृद्धि भएको छ । अघिल्लो कारोबार दिन २०८ कम्पनीका १ करोड ६९ लाख ३४ हजार ८९३ रुपैयाँमा किनबेच भएको थियो । 

आज बजारमा तीववटा समूहमा मात्रै हरियाली छायो । आज व्यापार समूह १७४.८८, होटल एण्ड टुरिजम १५४.०७ र लगानी समूह १.१९ अंकले बढे । आज बैंकिङ समूह १९.६७ अंकले घट्यो भने विकास बैंक १९.९२, हाइड्रोपावर ४४.२९, वित्त २.८८, उत्पादन तथा प्रशोधन ४९.६३, अन्य ३७.२२, लघुवित्त ४७.५४ र म्युचुअल फन्ड ०.१ अंकले घटे । 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता २०७९ रुपैयाँ कायम भयो । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स ९.९७, वोमी माइक्रोफाइनान्स ९.९४, सिद्धार्थ इन्स्योरेन्स ७.८२ र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ७.१४ प्रतिशतले बढ्यो । 

आज नेपाल बंगलादेश बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ६.१४ प्रतिशतले घट्यो । यो दिन हिमालयन उर्जा विकासको सेयरमूल्य ४.३५, सान्जेन जलविद्युत कम्पनी ४.२२ र रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ४.०५ प्रतिशतले घट्यो । 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको ८९ करोड ५० लाख बढीको सेयर कारोबार भयो । यसैगरी आज अपर तामाकोशीको २६ करोड ७९ लाख, सिद्धार्थ इन्स्योरेन्स २३ करोड १८ लाख, नेपाल बंगलादेश बैंक २२ करोड ५५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९५ लाख बढीको सेयर कारोबार भयो ।  

 


Share this with your friends: