परिसूचकमा झिनो गिरावट, बीमातर्फ अजोड इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-03-29
परिसूचकमा झिनो गिरावट, बीमातर्फ अजोड इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०.६५ अंकले घट्दै १७००८.८२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१.९ अंकले ओरालो लाग्दै १२९२६.४५ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९.९२ प्रतिशतले बढ्दै प्रतिकित्ता ७७६ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रिमियर इन्स्यारेन्स रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.७२ प्रतिशतले घट्दै प्रतिकित्ता १२५० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट आयो। परिसूचक ५.४५ अंकले घट्दै २५४३.५२ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०९ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छायो। आज लघुवित्त समूह ४४.५ अंकले बढ्यो भने हाइड्रोपावर र वित्त समूह क्रमशः २४.५२ र ५.२ अंकले बढे। आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो। व्यापार समूह २१२.८३ अंकले घट्यो। त्यस्तै बैकिङ समूह ६.७२ अंकले घटेको आज होटल एण्ड टुरिजम १४४.८२, विकास बैंक ०.४८, उत्पादन तथा प्रशोधन २०.१८, अन्य १९.२१, म्युचुअल फन्ड ०.०६ र लगानी समूह ०.०६ अंकले घटे। 

आज उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। यस्तै अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९२, महिला लघुवित्त ९.८५, समिट लघुवित्त ९.४३ र रिडी हाइड्रोको सेयरमूल्य ७.१८ प्रतिशतले बढ्यो। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ७.१७ प्रतिशतले घट्दै प्रतिकित्ता १९३० रुपैयाँ कायम भयो। आज माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ६.६७, साल्ट ट्रेडिङ ४.८७ र कालिका पावर कम्पनीको सेयरमूल्य ४.२८ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ४४ करोड ३१ लाख बढीको सेयर कारोबार भयो। यसैगरी अपर तामाकोशीको ३८ करोड ७७ लाख, चन्द्रागिरी हिल्स ३७ करोड ७ लाख र नेपाल बंगलादेश बैंकको १४ करोड ६९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: