काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक ३९८.३२ अंकले बढ्दै १३३२४.७६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १८६.०८ अंकले बढ्दै १७१९४.९० को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। बीमातर्फ आज सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता ७०६ रुपैयाँ कायम भयो। यस्तै जनरल इन्स्योरेन्सको सेयरमूल्य ९.९४, अजोड इन्स्योरेन्सको ९.९२, प्रभु लाइफ ८.६१, आइएमई जनरल ७.९१ हिमालयन जनरल ६.८४, लुम्बिनी जनरल ६, रिलायन्स लाइफ ५.३४, प्रभु इन्स्योरेन्स ४.९४ र नेपाल इन्स्योरेनसको सेयरमूल्य ४.८७ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोेरो अंकको वृद्धि आयो। परिसूचक ३२.१५ अंकले बढ्दै २५७५.६६ को बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९७९ कित्ता सेयर ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँमा किनबेच भयो।
आज दुईवटा समूहमा मात्रै गिरावट आयो भने अन्य सबै समूहमा भने हरियालाी छायो। बैंकिङ समूह ८.६८ अंकले बढेको आज होटल एण्ड टुरिजम ११२.९, विकास बैंक ७.७९, हाइड्रोपावर ९५.९८, वित्त २.३३, अन्य १०.५१, लघुवित्त १४९.६८, म्युचुअल फन्ड ०.१८ र लगानी समूह ०.३७ अंकले बढ्यो।
आज व्यापार समूह र उत्पादन तथा प्रशोधन समूह क्रमशः २९.७ र ०.२२ अंकले घटे।
बजारमा आज वोमी लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। यस्तै सानिमा जनरल ९.९७,जनरल इन्स्योरेन्सको सेयरमूल्य ९.९४, अजोड इन्स्योरेन्सको ९.९२, समिट लघुवित्त ९.५६, स्वाभिमान लघुवित्त ९.४७,प्रभु लाइफ ८.६१ र अपर तामाकोशीको सेयरमूल्य ८.३८ प्रतिशतले बढ्यो।
आज युनाइटेड इदी मर्दीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशतले ओरालो लाग्यो। यसैगरी निफ्राको सेयरमूल्य २.३१ र रिडी हाइड्रोपावरको सेयरमूल्य १.९१ प्रतिशतले घट्यो।
यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ४८ करोड बढीको सेयर कारोबार भयो भने निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख, एनएलजी इन्स्योरेन्स ३३ करोड १६ लाख, अपर तामाकोशी २८ करोड ९७ लाख र एचआईडीसीएलको सेयरमूल्य २८ करोड १६ लाख बढीको सेयर कारोबार भयो।