परिसूचकमा सामान्य अंकको गिरावट, बीमातर्फ ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-04-07
परिसूचकमा सामान्य अंकको गिरावट, बीमातर्फ ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २०१.३९ अंकले घट्दै १३६४७.६७ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १०६.६९ अंकले ओरालो लाग्दै १७१२३.९४ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आजदेखि कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा बीमातर्फ आज सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य ७.७८ प्रतिशतले बढ्दै प्रतिकित्ता ३८८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज सानिमा जनरलको सेयरमूल्य ५.२४ प्रतिशतले घट्दै प्रतिकित्ता रु. ७७८ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट आयो। परिसूचक २.८५ अंकले घट्दै २६७१.६१ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २१५ कम्पनीका १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५७० रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ६ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा भने रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि होटल एण्ड टुरिजम समूहमा आयो। आज होटल समूह २३२.६४ अंकले बढ्यो। यसैगरी आज लघुवित्त समूह १०७.४४, विकास बैंक ४०.५२, बैंकिङ समूह ५.२३, वित्त समूह ०.९८ र म्युचुअल फन्ड ०.०४ अंकले बढ्यो। 

व्यापार समूह १६३ अंकले घटेको आज हाइड्रोपावर ३३.०३, उत्पादन तथा प्रशोधन ८०.५५, अन्य १८.९१ र लगानी समूह १.७३ अंकले घट्यो। 

आज महिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो भने चन्द्रागिरी हिल्स ९.९८, एनआईसी एशिया लघुवित्त ९.९८, रिलायन्स फाइनान्स ९.८४ र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९.७० प्रतिशतले बढ्यो। 

आज रैराङ हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ७.२६ प्रतिशतको गिरावट आयो। यसैगरी युनाइटेड इदी मर्दीको सेयरमूल्य ६.०६, सानिमा जनरल ५.२४, साल्ट ट्रेडिङ ४.१९ ङादी गुप्र पावरको सेयरमूल्य ४.१८ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज निफ्राको २७ करोड ६३ लाख बढीको सेयर कारोबार भयो भने चिलिमे हाइड्रोपावर २२ करोड १५ लाख, छिमेक लघुवित्त १९ करोड ४३ लाख र वोमी माइक्रोफाइनान्सुको १८ करोड १७ लाख बढीको सेयर कारोृबार भयो।  

 


Share this with your friends: