परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

2021-04-18
परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १८३.१९ अंकले घट्दै १३४८५.७१ को बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १११.६२ अंकले ओरालो लाग्दै १७२९६.४९ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज ज्योति लाइफको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्दै प्रतिकित्ता ६२१ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ३.४७ प्रतिशतले घट्दै प्रतिकित्ता ८०६ रुपैयाँ कायम भयो। यसैगरी एनएलजी इन्स्योरेन्सको सेयरमूल्य पनि २.८२ प्रतिशतले घट्दै प्रतिकित्ता ११३६ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३५.८९ अंकले घट्दै २६९९.५१ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०७ कम्पनीका १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज म्युचुअल फन्ड समूह ०.०६ अंकले बढ्यो। बैंकिङ समूह ३३.२९ अंकले घटेको आज व्यापार समूह १२५.३९, होटल एण्ड टुरिजम ९२.७९, विकास बैंक ४८.३, हाइड्रोपावर ३२.३८, वित्त १६.०६, उत्पादन तथा प्रशोधन ६७.८६, अन्य २१.०१, लघुवित्त ५०.३२ र लगानी समूह ०.४६ अंकले घट्यो। 
आज महिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। संस्थाको सेयरमूल्य ९.९३ प्रतिशतले बढ्यो भने ज्योति लाइफ ९.९१, दिव्येश्वरी हाइड्रोपावर ९.४५, नेपाल हाइड्रो डेभलपर्स ९.०३, एनआरएन ५.८६, जोशी हाइड्रोपावर ५.०७ र अरुण कावेली पावरको सेयरमूल्य ४.४६ प्रतिशतले बढ्यो। 

आज गुडविल फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.०९ प्रतिशतको गिरावट आयो। सर्वाधिक गिरावट आउने अन्य कम्पनीमा कर्णाली डेभलपमभेन्ट  बैंक ४.६३, सांग्रिला डेभलपमेन्ट बैंक ४.४५, ज्योति विकास बैंक ४.२६ र मल्टीपसर्स फाइनान्सको सेयरमूल्य ४.२४ प्रतिशतले घट्यो। 

यो दिन एभरेष्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ८७ करोड ६२ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो। यस्तै एनआईसी एशिया लघुवित्तको ५५ करोड ३२ लाख, निफ्राको २७ करोड ९८ लाख र अरुण कावेलीको २६ करोड ७७ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: