काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ४६०.०४ अंकले घट्दै १६७२९.६५ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४०.८७ अंकले ओरालो लाग्दै १२७४३.०५ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.५२ प्रतिशतले घट्दै प्रतिकित्ता १०९९ रुपैयाँ कायम भयो। यो दिन सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य पनि ४.३० प्रतिशतले ओरालो लाग्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अंकको गिरावट आयो। नेप्से परिसूचक ७५.७९ अंकले ओरालो लाग्दै २५७२.२२ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २१५ कम्पनीका १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै समूहमा गिरावट आयो। बैंकिङ समूह ४२.६५ अंकले ओरालो लागेको आज व्यापार समूह ११३.५५, होटल एण्ड टुरिजम २२०.२७, विकास बैंक ८६.३४, हाइड्रोपावर ११२.४१, वित्त ४३.७७, उत्पादन तथा प्रशोधन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, म्युचुअल फन्ड ०.०९ र लगानी समूह ३.३५ अंकले घट्यो।
आज महिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो भने विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे फाइनान्स ३.०५ र गुडविल फाइनान्सको सेयरमूल्य ०.३८ प्रतिशतले बढ्यो।
आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.४३ प्रतिशतले घट्दै प्रतिकित्ता १९५५ रुपैयाँ कायम भयो। यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.१९, रिडी हाइड्रोपावर ७.६६, यूनियन हाइड्रोपावर ७.४३ र ओरियन्टल होटलको सेयरमूल्य ६.३६ प्रतिशत घट्यो।
यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ३९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो। आज ज्योति लाइफको ३३ करोड ८५ लाख, अपर तामाकोशी २५ करोड ९७ लाख,नबिल बैंक २० करोड ९७ लाख र एनआईसी एशिया बैंकको २० करोड ५६ लाख बढीको सेयर कारोबार भयो।