काठमाडौं । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ५४३.२७ अंकले बढ्दै १२८८९.७२ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ५५८.६३ अंकले बढ्दै १६९३०.७१ को बिन्दुमा उक्लीयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ९.८९ प्रतिशतले बढ्दै प्रतिकित्ता ७११ रुपैयाँ कायम भयो। यस्तै आज लुम्बिनी जनरलको सेयरमूल्य ६.८५, हिमालयन जनरल ६.६१, एभरेष्ट इन्स्योरेन्स ६.१६, प्रभु लाइफ ५.८४, एशियन लाइफ ५.४८, प्रभु इन्स्योरेन्स ५.२४ र रिलायन्स लाइफको सेयरमूल्य ५.०२ प्रतिशतले बढ्यो।
यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
दुई दिन निरन्तर भारी गिरावट आएको नेप्से परिसूचकमा आज उच्च अंकको वृद्धि भयो। आज परिसूचक ९२.४६ अंकले बढ्दै २५९९.०७ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २१६ कम्पनीका १ करोड २ लाख २ हजार २१९ कित्ता सेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबैं समूहमा हरियाली छायो। बैंकिङ समूह ४५.१३ अंकले बढेको आज व्यापार १९०.७२, होटल एण्ड टुरिजम ३९.३५, विकास बैंक ९३.७६, हाइड्रोपावर १५३.०८, वित्त ३५.३७, उत्पादन तथा प्रशोधन २३९.०३, अन्य ६९.६५, लघुवित्त २३७.८५, म्युचुअल फन्ड ०.१८ र लगानी समूह ४.३४ अंकले बढ्यो।
आज अपर तामाकोशीको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। आज विशाल बजारको सेयरमूल्य ९.९९, महिला लघुवित्त ९.९६, युनाइटेड इन्स्योरेन्स ९.८९, समिट लघुवित्त ९.७५, मल्टीपपर्स फाइनान्स ९.६४ र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ९.५० प्रतिशतले बढ्यो।
यो दिन गुडविल फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो कम्पनीको सेयरमूल्य १.०९ प्रतिशतले घट्यो।
आज अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको २३ करोड ८२ लाख बढीको सेयर कारोबार भयो भने निफ्राको २१ करोड १६ लाख, नेपाल पुनर्बीमा १४ करोड ५१ लाख र नबिल बैंकको १३ करोड ५७ लाख बढीको सेयर कारोबार भयो।