काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक ९.२७ अंकले बढ्दै १३२६३.२९ को बिन्दुमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५५.२४ अंकले घट्दै १७३४९ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य २.१० प्रतिशतले बढ्दै प्रतिकित्ता १७०० रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ५.०९ अंकले घट्दै २६४९.६० बिन्दुमा झर्यो। यो दिन बजारमा २१८ कम्पनीका १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ४ वटा समूहमा हरियाली छायो। हाइड्रो समूहमा आज सबैभन्दा धेरै बढोत्तरी आयो। यो समूह ४५.२७ अंकले बढ्यो। वित्त समूह १०.०८, व्यापार ९.४१ र निर्जीवन बीमा समूह ९.२७ अंकले बढ्यो।
आज सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा आयो। यो समूह ६७.०७ अंकको गिरावट आयो। यस्तै बैंकिङ समूह ४.९९, होटल एण्ड टुरिजम ३७.७८, विकास बैंक ३.२६ , अन्य २१.९१, लघुवित्त ३.८९, म्युचुुअल फन्ड ०.०२ र लगानी समूह०.५१ अंकले घट्यो।
आज रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यसैगरी आज विशाल बजार कम्पनीको सेयरमूल्य ९.९९, महिला लघुवित्त ९.९८, सिंगटी हाइड्रो ९.९८, छ्याङदी हाइड्रोपावर ९.९७ र समता घरेलु लघुवित्तको सेयरमूल्य ९.९२ प्रतिशतले बढ्यो।
आज आशा लघुवित्तको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.४३ प्रतिशको गिरावट आयो। लक्ष्मी लघुवित्तको सेयरमूल्य ३.२५ र इन्फिनीटी लघुवित्तको सेयरमूल्यमा ३.१९ प्रतिशतको गिरावट आयो।
यो दिन प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो। प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको आज २३ करोड ६९ लाख बढीको सेयर कारोबार भयो भने एनआईसी एशिया लघुवित्त २२ करोड ३६ लाख एनसीसी बैंक १९ करोड ४७ लाख र अपि पावर कम्पनीको १८ करोड २७ लाख बढीको सेयर कारोबार भयो।