परिसूचकमा उछालसँगै रेकर्डतोड कारोबार, ४ बीमा कम्पनीको सेयरमूल्यमा सर्किट

2020-11-19
परिसूचकमा उछालसँगै रेकर्डतोड कारोबार, ४ बीमा कम्पनीको सेयरमूल्यमा सर्किट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उछाल आएको छ। अघिल्लो दिनको प्रदर्शनलाई निरन्तरता दिदैँ आज पनि दुवै बीमा समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज यो समूह ३९९.१६ अंकले बढ्दै ९६१०.६३ अंकले बढ्यो। अघिल्लो कारोबार दिन यो समूहमा ३९७.४८ अंकको बढोत्तरी आएको थियो। 

आज जीवन बीमा समूहमा समेत उछाल आयो। यो दिन जीवन बीमा समूह ३७६.१५ अंकले उकालो लाग्दै १११२६.६८ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूह ५२१.३७ अंकले बढेको थियो। 

आज सबैभबन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा २ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। आज नेको इन्सुरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयरमूल्य ८८ रुपैयाँले बढ्दै प्रतिकित्ता ९७३ रुपैयाँ कायम भयो। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स सेयरमूल्य पनि १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। हिमालयन जनरल र सानिमा जनरलको सेयरमूल्य पनि १० प्रतिशत हाराहारीमा बढे। 

आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ७.०३ प्रतिशतले बढ्दै प्रतिकित्ता ११ सय १० रुपैयाँ कायम भयो। यसैगरी अजोड इन्स्योरेन्स ७.०३ प्रतिशत, आईएमई जनरल इन्स्योरेन्स ५.८९ प्रतिशत, जनरल इन्स्योरेन्स ५.४६ प्रतिशत, प्रिमियम इन्स्योरेन्स ५.३० प्रतिशतले बढे। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्प्नीको सेयरमूल्य १.३१ प्रतिशतले घट्दै प्रतिकित्ता १५८२ रुपैयाँमा सीमित बन्यो।

बजारमा अरु के–के भयो ?
उकालो यात्रामा रहेको नेप्से परिसूचकमा आज पनि नयाँ उचाई चुम्न सफल रह्यो। आज नेप्से परिसूचक ३६.३२ अंकले बढ्दै १७७१.१२ को उचाईमा पुग्यो। आज बजारमा १९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ०७१ रुपैयाँमा किनबेच भयो। कारोबार रकमका हिसाबले आज नेप्सेले नयाँ किर्तीमान रचेको छ। ६ अर्ब माथि भएको आजको कारोबार अहिले सम्मकै उच्च हो। 

आज बजारमा सबै १२ वटा समूहमा हरियाली छायो। बैंकिङ समूह २.७१ अंकले बढेको यो दिन व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, हाइड्रोपावर २१.६३, वित्त १३.७६, उत्पादन तथा प्रशोधन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८ र म्युचुअल फन्ड ०.०७ प्रतिशतले बढे। 

आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन युनिलिभर नेपाल र तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्यमा १० प्रतिशत तथा बोटलर्स नेपाल ९तराई०, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स, एसटीसी, नेको इन्सुरेन्स, सोल्टी होटेल, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, ओरेन्टल होटेल्स र गोखार्ज फाइनान्स सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो। आज गुडविल फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशभन्दा बढीले बढ्यो।

यो दिन प्रभु बैंक डिबेन्चर–२०८४ र सनराइज फस्ट म्युचुअल फन्डका इकाइमूल्यमा सर्वाधिक २ प्रतिशत बढीको गिरावट आयो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २७ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड १२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १८ करोड ४३ लाख रुपैयाँ, नेपाल टेलिकमको १७ करोड ३१ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १६ करोड ७७ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड १८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ६० लाख रुपैयाँ, नागरिक लगानी कोष ९सीआईटी० को १३ करोड ७७ लाख रुपैयाँ र प्रभु बैंकको १२ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भयो। 

 


Share this with your friends: