परिसूचकमा दोहोरो अंकको वृद्धि, नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार

2021-05-13
परिसूचकमा दोहोरो अंकको वृद्धि, नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको अन्तिम करोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८५.१२ अंकले बढ्दै १७३८७.२१ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५.५२ अंकले बढ्दै १३६५९.५२ को उचाईमा पुुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज बजारमा सामान्य अंकको वृद्धि भयो। परिसूचक १०.१३ अंकले बढ्दै २६८४.०१ बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१८ कम्पनीका २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ९ वटा समूहमा हरियाली छायो भने अन्य ४ वटा समूहमा भने रातो पोतियो। 

बैंकिङ समूह ३.२८ अंकले बढेको आज विकास बैंक ७१.१९, हाइड्रोपावर ३७.१२, वित्त ६०.२४, अन्य १३.२१, लघुवित्त ५.३९ र म्युुचुुअल फन्ड ०.०९ अंकले बढ्यो। आज व्यापार समूह २३.८६, होटल एण्ड टुरिजम १९.३५, उत्पादन तथा प्रशोधन १८.१३ र लगानी समूह ०.४ अंकले घट्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कमपनीको सूचीमा दिव्येश्वरी हाइड्रोपावर र समता घरेलुको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै विशाल बजार कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत, रुरु जलविद्युत ९.८९, सांग्रिला डेभलपमेन्ट बैंक ९.७९, प्रोग्रेसिभ फाइनान्स ९.७८ र जोशी हाइड्रोपावरको सेयरमूल्यमा ९.७८ प्रतिशतले बढ्यो। 

आज रिडी हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.०९ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ४९ करोड बढीको सेयर कारोबार भयो भने नेशनल हाइड्रोपावर २५ करोड ६७ लाख र अरुण काबेली हाइड्रोपावरको २१ करोड ६० लाख बढीको सेयर कारोबार भयो।    

 

 


Share this with your friends: