परिसूचकमा निरन्तर वृद्धि, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

2021-05-17
परिसूचकमा निरन्तर वृद्धि, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ११८.३९ अंकले बढ्दै १८०३६.२७ बिन्दुको उचाईमा पुुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक ३९.०९ अंकले बढ्दै १४२८१.५६ को उचाईमा पुुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज शिखर इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधि उछाल आयो । कम्पनीको सेयरमूल्य ४.३२ प्रतिशतले बढ्दै प्रतिकित्ता २२२० रुपैयाँ कायम भयो । 

आज सबैभन्दा धेरै गुमाउने शीषं १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनी परे । आज हिमालयन जनरल इन्स्योरेन्स र गुराँस लाइफको सेयरमूल्य १.४७ घट्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो । परिसूचक २०.७१ अंकले बढ्दै २७५९.२१ बिन्दुको उचाईमा पुुग्यो । यो दिन बजारमा २१८ कम्पनीका १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा किनबेच भयो । 

१३ वटा समूहमध्ये आज १० वटा समूहमा हरियाली छायो भने अन्य समूहमा भने रातो पोतियो । बैंकिङ समूह ९.०३ अंकले बढेको आज व्यापार ७.११, विकास बैंक ६८.३३, वित्त १२.४७, अन्य ५७.६४, लघुवित्त १५.२२, म्युचुुअल फन्ड ०.०९ र लगानी समूह ०.१४ अंकले बढ्यो । 

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो । यस्तै समता घरेलु लघुवित्त ९.९८, राधि विद्युत कम्पनी ९.९४, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, प्रोग्रेसिभ फाइनान्स ९.९१, गुराँस लघुवित्त ९.८९, वरुण हाइड्रोपावर ९.८८, पन्चकन्या माईहाइड्रो ९.७५ र नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य ९.७३ प्रतिशतले बढ्यो । 

आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य १.८४ प्रतिशतले घट्यो । 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आव कम्पनीको ६६ करोड १ लाख बढीको सेयर कारोबार भयो भने नेपाल टेलिकम ४२ करोड ६९ लाख, शिखर इन्स्योरेन्स ३१ करोड ७९ लाख र अरुण काबेली हाइड्रापावरको २५ करोड १ लाख बढीको सेयर कारोबार भयो । 

 


Share this with your friends: