काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक ४३१.५९ अंकले बढ्दै १८५७४.१४ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५३.०९ अंकले बढ्दै १४६१९.२७ को उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.७८ प्रतिशतले बढ्दै प्रतिकित्ता ८७३ रुपैयाँ कायम भयो। यस्तै एशियन लाइफको सेयरमूल्य ५.६८, सूुर्या लाइफ ५.५१, प्राइम लाइफ ५.२८, राष्ट्रिय बीमा कम्पनी ५.१८, युनाइटेड इन्स्योरेन्स ५.१८ र हिमालयन जनरलको सेयरमूल्य ३.७९ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ६.५० अंकले घट्दै २८१६.५६ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ६ वटा समूहमा हरियालाी छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज व्यापार समूह ४०.२५, हाइड्रोपावर ६४.५५, अन्य २.३१ र म्युचुुअल फन्ड ०.०२ अंकले बढ्यो।
आज सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आयो। विकास बैंक समूह ५३.४८ अंकले घट्यो भने बैंकिङ समूह २५.५७, होटल एण्ड टुरिजम २७.८९, वित्त १.७४, उत्पादन तथा प्रशोधन २२.५१, अन्य २९.१२ र लगानी समूह १.१७ अंकले घट्यो।
आज वरुण हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९५ प्रतिशतले बढ्यो। यस्तै माउन्टेन हाइड्रोको सेयरमूल्य ९.८६, युनिभर्सल पावर ९.८४, घलेम्दी हाइड्रोपावर ९.७८ र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ८.९२ प्रतिशतले बढ्यो।
आज मल्टीपर्पस फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.२२ प्रतिशतले घट्यो।
यो दिन अरुण काबेली पावरको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीका आज ३३ करोड ८३ लाख बढीको सेयर कारोबार भयो भने एशियन लाइफको ३३ करोड ७ लाख, एचआईडीसीएल ३० करोड ३४ लाख, सूुर्या लाइफ २९ करोड १७ लाख र नेशनल लाइफको २७ करोड ८५ लाख बढीको सेयर कारोबार भयो।