परिसूचकमा झिनो अंकको गिरावट, सर्वाधिक गुमाउनेमा अधिकांस बीमा कम्पनीहरु

2021-06-10
परिसूचकमा झिनो अंकको गिरावट, सर्वाधिक गुमाउनेमा अधिकांस बीमा कम्पनीहरु

काठमाण्डौ ।  साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २७३.६८.२१ अंकले घट्दै १८७२३.७३ बिन्दुमा झ्र्यो। यो दिन पनर्जीवन बीमा उपसूचक पनि ४५.०९ अंकले घट्दै १५२००.१८ बिन्दुमा सीमित भयो।

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ८.१५ प्रतिशतले बढ्दै प्रतिकित्ता १०८८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ८ वटा बीमा कम्पनी परे। आज हिमालयन जनरलको सेयरमूल्य २.८६, यूनाइटेड इन्स्योरेन्स २.७१, एmआईसी २.६८, प्राइम लाइफ २.५२, एभरेष्ट इन्स्योरेन्स २.४८, एनएलजी २.४४, सिद्धार्थ इन्स्योरेन्स २.१६ र गुराँस लाइफको सेयरमूल्य २.०८ प्रतिशतले घट्यो।  

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट आयो। परिसूचक १.८० अंकले घट्दै २९४४.७८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ६ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। विकास बैंक समूहमा आज सबैभन्दा धेरै वृद्धि भयो। यो समूह १२०.६ अंकले बढ्यो भने हाइड्रोपावर ८८.६५, वित्त ६०.९५, लघुवित्त ७.३४, म्युचुुअल फन्ड ०.१२ र लगानी समूह १.१२ अंकले बढ्यो। 

बैंकिङ समूह १७.७८ अंकले घटेको आज व्यापार ५७.४२, होटल एण्ड टुरिजम १३.२७, उत्पादन तथा प्रशोधन ३८.६७ र अन्य समूह ६ अंकले घट्यो। 
आज पाचथर पावर कम्पीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै लिबर्टी इनर्जीको सेयरमूल्य ९.९७, शिवश्री हाइड्रोपावर ९.९७, ङादी गुुप्र हाइड्रो ९.९३, माउन्टेन हाइड्रो ९.९२ र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ९.९१ प्रतिशतले बढ्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.२५ प्रतिशतले घट्यो। 

यो दिन एचआइृडीसीएलको सर्वाधिक कारोबार भयो। यो कम्पनीको ८३ करोड ९२ लाख बढीको सेयर कारोबार भयो भने नेपाल पुनबीर्मा ४५ करोड ४१ लाख, लुम्बिनी विकास बैंक ४३ करोड ४६ लाख, अपि पावर ३८ करोड ८५ लाख र नेपाल इन्स्योरेन्स कम्पनीको ३५ करोड ४० लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: