परिसूचकमा सामान्य अंकको गिरावट, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

2021-06-15
परिसूचकमा सामान्य अंकको गिरावट, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १३.११ अंकले घट्दै १८६४४.५५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १.७६ अंकले ओरालो लाग्दै १५४८४.५७ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ३.६६ प्रतिशतले बढ्दै प्रतिकित्ता ९६२ रुपैयाँ कायम भयो भने नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य पनि ३.५८ प्रतिशतले बढ्दै प्रतिकित्ता ११८५ रुपैयाँ कायम भयो। यसैगरी नेपाल पुनर्बीमाको मूल्य ३.३२ प्रतिशतले वृद्धि भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ३.७२ अंकले घट्दै ३०२२.१० बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ५ वटा समूहमा मात्रै हरियाली छायो। अन्य समूहमा आज सबैभन्दा धेरै वृद्धि देखियो। यो समूह ९०.३६अंकले बढ्यो भने उत्पादन तथा प्रशोधन ७२.९२, होटल एण्ड टुरिजम ५८.२५ लगानी २.२९ र म्युुचुुअल फन्ड समूह ०.०५ अंकले बढ्यो। 

बैंकिङ समूह ६.८ अंकले घटेको आज व्यापार ११.०६, विकास बैंक २२२.८९, हाइड्रोपावर ९०.७५, वित्त ८६.५१ र लघुवित्त समूह ३९.१४ अंकले घटे। 
आज सिईडिबि हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढ्यो। त्यस्तै खानीखोला हाइड्रोको सेयरमूल्य ९.८२, यूनियन हाइड्रोपावर ९.७८, ओरियन्टल होटल ५.८१ र एचआईडीसीएलको सेयरमूल्य ५.८० प्रतिशतले बढ्यो। 

आज छ्याङदी हाइड्रोको मूल्यमा सर्वाधिक अर्थात ७.६६ प्रतिशतको गिरावट आयो। लिबर्टी इनर्जीको मूल्य ७.०२, वरुण हाइड्रोपावर ६.९८, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स ६.५७ र नेपाल हाइड्रो डेभलपर्स हाइड्रोको सेयरमूल्य ६.४२ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ७६ करोड ३० लाख बढीको सेयर कारोबार भयो भने एचआईडीसीएल ५२ करोड ३१ लाख, हिमालयन डिष्टीलरी ४२ करोड ३ लाख र अरुण भ्यालि हाइड्रोको ३४ करोड ५५ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: