काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३८७.४२ अंकले घट्दै १७४९४.७८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २८०.१२ अंकले ओरालो लाग्दै १४५३१.४२ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ६.१६ प्रतिशतले बढ्दै प्रतिकित्ता १२४१ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.६६ प्रतिशतले घट्दै प्रतिकित्ता १७१३ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ५१.६५ अंकले घट्दै २८६२.१८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै समूहमा रातो पोतियो। बैंकिङ समूह २८.५४ अंकले घटेको आज व्यापार ५५.५६, होटल एण्ड टुरिजम ६९.७७, विकास बैंक १६०.६६ , हाइड्रोपावर ७१.४९, वित्त ६७.४४, उत्पादन तथा प्रशोधन १२१.१३, अन्य ४४.४३, लघुवित्त १००.३२, म्युचुुअल फन्ड ०.१४ र लगानी समूह ०.३९ अंकले घट्यो।
आज राधि विद्युत कम्पनीको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.७१ प्रतिशतको उछाल आयो। त्यस्तै न्यादी पावर गुप्र ९.०९, छ्याङदी हाइड्रो ६.५६, नेपाल इन्स्योरेन्स ६.१६ र घलेम्दी हाइड्रोको सेयरमूल्य ६.०२ प्रतिशतले बढ्यो।
आज कालिका पावर कम्पनीका लगानीकर्ताले सार्वधिक गुमाए। यो कम्पनीको सेयरमूल्य ५.६० प्रतिशतले घट्यो। यसैगरी नेपाल फाइनान्सको सेयरमूल्य ५.४८, मन्जुश्री फाइनान्स ५.१४, नेपाल हाइड्रो डेभलपर्स ५.०८ र अरुण काबेली हाइड्रोको सेयरमूल्य ५ प्रतिशतले घट्यो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको ५४ करोड ३० लाख बढीको कारोबार भयो भने नेपाल इन्स्योरेन्सको ४२ करोड ४ लाख, राधि विद्युत ३८ करोड ४१ लाखर नेशनल हाइड्रोको ३३ करोड ८९ लाख बढीको कारोबार भयो।