काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक १४.०६ अंकले बढ्दै १७३३८.३८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ३७.२७ अंकले घट्दै १४३८५.१० बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक ५.११ अंकले बढ्दै २८७५.४९ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २१९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ६ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा गिरावट आयो। आज लघुवित्त समूहमा सबैभन्दा धेरै उछाल आयो। यो समूह १११.४ अंकले बढ्यो। त्यस्तै बैंकिङ समूह ६.९५, होटल एण्ड टुरिजम २०.२७, म्युचुअल फन्ड ०.०२ र लगानी समूह २.३५ अंकले बढ्यो।
व्यापार समूह ३२.३२ अंकले घटेको आज विकास बैंक ७०.५८, हाइड्रोपावर ६५.९५, वित्त ५६.७, उत्पादन तथा प्रशोधन १२.४८ र अन्य समूह ३.९ अंकले घट्यो।
आज सबैको लघुुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा धेरै वृद्धि भयो। यो कम्पनीको सेयरमूल्य ८.१७ प्रतिशतले बढ्यो। यस्तै सिभिल लघुवित्तको सेयरमूल्य ८.०७, एचआईडीसीएल ७.६३, सामूदायिक लघुवित्त ४.६९ र मिथिला लघुवित्तको सेयरमूल्य ४.४३ प्रतिशतले बढ्यो।
आज वेष्ट फाइनान्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशतले घट्यो। रिलायन्स फाइनान्सको सेयरमूल्य ४.९८, राधि विद्युत कम्पनी ४.६८, आईसीइफसी फाइनान्स ४.५३ र पन्चकन्या माइ हाइड्रोको सेयरमूल्य ४.४२ प्रतिशतले घट्यो।
यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ६६ करोड ९४ लाख बढीको सेयर कारोबार भयो भने नेपाल इन्स्योरेन्स ५२ करोड २४ लाख र राधी विद्युत कम्पनीको ५२ करोड ७ लाख बढीको कारोबार भयो।