काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचकमा झिनो अंकको वृद्धि आएको छ। आज निर्जीवन बीमा उपसूचक ०.९३ अंकले बढ्दै १४१३४.५१ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १११.३९ अंकले घट्दै १७०६१.०१ बिन्दुुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यो कम्पनीको सेयरमूल्य ३.६१ प्रतिशतले बढ्दै प्रतिकित्ता १३२२ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक ४.१३ अंकले घट्दै २८२३.८८ बिन्दुमा सीमित भयो। यो दिन २२० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ७ वटा समूहमा गिरावट आयो भने अन्य ६वटा समूहमा हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा आयो। यो समूह १३८.२८ अंकले बढ्यो। त्यस्तै वित्त समूह ११८.५७, हाइड्रोपावर ४.६७, उत्पादन तथा प्रशोधन ५५.३० र अन्य समूह १८.३१ अंकले बढ्यो।
बैंकिङ समूह ४.०८ अंकले घटेको आज होटल एण्ड टुरिजम ५१.७९, लगानी १.३०, लघुवित्त ४८.३६, व्यापार २५.७६ र म्युचुअल फन्ड ०.०९ अंकले घट्यो।
आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै सेन्ट्रल फाइनान्सको सेयरमूल्य ९.९७, नेपाल फाइनान्स ९.८६, मल्टीपपर्स फाइनान्स ९.७५ र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य ९.६८ प्रतिशतले बढ्यो।
आज एचआईडीसीएलको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.२८ प्रतिशतले घट्यो।
यो दिन नेपाल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो। आज नेपाल इन्स्योरेन्सको ३० करोड ४२ लाख बढीको कारोबार भयो भने एनएलजी इन्स्योरेन्सको २१ करोड ६९ लाख, नेशनल हाइड्रोपावर १८ करोड ७६ लाख र नेपाल पुनर्बीमाको १४ करोड ७६ लाख बढीको सेयर कारोबार भयो।