परिसूचकमा झिनो अंकको वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

2021-07-14
परिसूचकमा झिनो अंकको वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ८२.०५ अंकले घट्दै १३९७९.८६ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ३२.६२ अंकले घट्दै १७०६०.६४ बिन्दुमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो । आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य १.९८ प्रतिशतले घट्दै प्रतिकित्ता ९४० रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भयो । परिसूचक १.०१ अंकले बढ्दै २८७२.०५ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २१४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँमा किनबेच भयो । 

१३ वटा समूहमध्ये आज ५ वटा समूहमा मात्रै हरियालाी छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज हाइड्रो समूहमा सबैभन्दा धभेरै वृद्धि भयो । यो समूह ७४ं९२ अंकले बढ्यो । त्यस्तै आज वित्त समूह ३५.८९, होटल एण्ड टुरिजम ७.७९, लगानी ०.७५ र म्युचुअल फन्ड समूह ०.०५ अंकले बढ्यो । 
बैंकिङ समूह ६.२२ अंकले घटेको आज व्यापार ११.७, विकास बैंक ११.०८, उत्पादन तथा प्रशोधन १५.१८, अन्य १०.२१ र लघुवित्त समूह १९.६७ अंकले घट्यो । 

आज हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूलयमा सर्जाधिक उछाल आयो । यो कम्पनीको सेयरमूल्य ८.१० प्रतिशतले बढ्यो । त्यस्तै नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य ७.७१, कालिका पावर कम्पनी ७.११, रसुवागढी हाइड्रोपावर ५.९४ र सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्य ५.७३ प्रतिशतले बढ्यो । 

आज सूर्योदय लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य २.०१ प्रतिशतले घट्यो । 

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज कम्पनीको २९ करोड ४७ लाख बढीको सेयर कारोबार भयो भने छिमेक लघुवित्तको २२ करोड ३३ लाख, हिमालयन डिस्टीलरी १९ करोड ७२ लाख र निर्धन उत्थान लघुवित्तको १६ करोड १६ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: