परिसूचकमा गिरावटका साथ साताको अन्त्य, बीमातर्फ भने हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-07-29
परिसूचकमा गिरावटका साथ साताको अन्त्य, बीमातर्फ भने हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ  । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ  । आज जीवन बीमा उपसूचक ८६.५५ अंकले घट्दै १८२७२.९२ बिन्दुमा सीमित भयो  । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६९.५७ अंकले घट्दै १४९९४.०१ बिन्दुमा झर्यो  ।

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्  । बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो  । यो कम्पनीको सेयरमूल्य ४.२४ प्रतिशतले बढ्दै प्रतिकित्ता ९०७ रुपैयाँ कायम भयो  ।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्  । बीमातर्फ भने आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो  । कम्पनीको मूल्य २.७४ प्रतिशतले ओरालो लाग्दै प्रतिकित्ता १०३१ रुपैयाँमा झर्यो  ।

बजारमा अरु के–के भयो ?

केहि दिनयता निरन्तर वृद्धि भईरहेको नेप्से परिसूचक आज भने ओरालो लाग्यो  । परिसूचक १५.११ अंकले घट्दै ३०७९.८३ बिन्दुमा सीमित भयो  । यो दिन बजारमा २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा किनबेच भयो  ।

१३ वटा समूहमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो  । आज विकास बैंक समूह ५३.४ र होटल एण्ड टुरिजम समूह ४५.४१ अंकल बढ्यो  ।

बैंकिङ समूह १०.४४ अंकले घटेको आज व्यापार ४.४२, हाइड्रोपावर ६८.४३, वित्त ५३.८२, उत्पादन तथा प्रशोधन ५३.३, अन्य १२.८२, लघुवित्त ४.९७, म्युचुअल फन्ड ०.०३ र लगानी समूह १.३७ अंकले घट्यो  ।

आज कारोबार भएका कम्पनीहरुमध्ये रिडी हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो  । यो कम्पनीको सेयरमूल्य ९.९५ प्रतिशतले बढ्यो  । त्यस्तै जीवन विकास लघुवित्तको सेयरमूल्य ८.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ७.६५ र युनाइटेड इदी मोदिको सेयरमूल्य ७.५५ प्रतिशतले बढ्यो  ।

कारोबार भएका कम्पनीहरुमध्ये आज गुडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो  । यो कम्पनीको सेयरमूल्य ७.३३ प्रतिशतले घट्यो  । माउन्टेन हाइड्रोको मूल्य ६.१७, जानकी फाइनान्स ५.५०, जोशी हाइड्रोपावर ३.७३ र श्री इन्भेष्टमेन्टको सेयरमूल्य ३.६६ प्रतिशतले घट्यो  ।

यो दिन गुडविल फाइनान्सको ३३ करोड ९२ लाख बढीको कारोबार सहित सर्वाधिक कारोबार भयो  । यसैगरी हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख, युनाइटेड मोदि हाइड्रो २५ करोड ४३ लाख र हिमालयन जनरलको २४ करोड ७५ लाख बढीको कारोबार भयो  ।  


Share this with your friends: