काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह १८२.४ अंकले घट्दै १०६६५.६५ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन पनि यो समूह २७८.८१ अंकले ओरालो लागेको थियो।
जीवन बीमा समूह जस्तै आज निर्जीवन बीमा समूहमा पनि गिरावट आयो। आज निर्जीवन बीमा समूह १२५.९७ अंकले घट्दै ९२४१.५२ मा सीमित बन्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा २४३.४९ अंकको गिरावट आएको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान बनाउन सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा सानिमा जनरल इनस्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ३.६७ प्रतिशतले घट्दै प्रति कित्ता ६०४ रुपैयाँमा सीमित बन्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा करेक्सन आयो। नेप्से परिसूचक २.३८ अंकले घट्दै १७८०.४३ मा सीमित बन्यो। यो दिन बजारमा १९९ कम्पनीका १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँमा किनबेच भयो।
आज चारवटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता मालामाल भए। यो दिन यो समूहमा १३३.९८ अंकको वृद्धि भयो। त्यस्तै बैंकिङ समूह ६.०५, व्यापार २९.१७, होटल ७६.६९ अंकले बढे।
आज विकास बैंक समूह १.८१, हाइड्रोपावर १.७५, वित्त १.७६, अन्य १६.०७, लघुवित्त २०.९१ र म्युचुअल फन्ड ०.१७ अंकले घटे।
आज हाइड्रो इलेक्ट्रिसीटी एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। त्यस्तै हिमालयन डिष्ट्रीलरीको सेयरमूल्य ९.४५ र जानकी फाइनान्स ६.०२ प्रतिशले बढ्यो।
आज नेपाल बैंक लिमिटको ३० करोड २२ लाख ७ हजार ४६३ रुपैयाँका साथ सर्वाधिक कारोबार भयो। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३० लाख ३३ हजार ७४१ रुपैयाँ बराबरको कारोबार भयो।