परिसूचकमा झिनो अंकको वृद्धि, बीमातर्फ यूनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-08-08
परिसूचकमा झिनो अंकको वृद्धि, बीमातर्फ यूनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २०२.७९ अंकले घट्दै १४४४८.९९ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १०१.५४ अंकले घट्दै १७९२४.२८ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज यूनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य  ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५३० रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे । आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य २.८६ प्रतिशतले घट्दै प्रतिकित्ता ११२ण् रुपैयाँ कायम भयो । त्यस्तै प्रभु इन्स्योरेन्सको सेयरमूल्य पनि २.६८ प्रतिशतले घट्दै प्रतिकित्ता १०१६ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भयो । परिसूचक ०.६६ अंकले बढ्दै ३१०८.१२ बिन्दुमा पुग्यो । यो दिन २२७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा किनबेच भयो । 

१३ वटा समूहमध्ये आज ६ वटा समूहमा मात्रै हरियाली छायो । आज हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भयो । यो समूह ११५.०५ अंकले बढ्यो । त्यस्तै विकास बैंक समूह ६६.३७, वित्त २१.८९, बैंकिङ ०.०८, उत्पादन तथा प्रशोधन २.८४ र म्युचुअल फन्ड ०.०२ अंकले बढ्यो । 

व्यापार समूह ४०.३८ अंकले घटेको आज होटल एण्ड टुरिजम ३९.९१, अन्य २०.५३, लघुवित्त ७४.०९ र लगानी समूह ०.०४ अंकले घट्यो । 

आज ४ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिर्भसल पावर कम्पनी र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 

आज गुराँस लघुवित्तको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ४.०८ अंकले घट्यो । यसैगरी जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ३.७७, सबैको लघुवित्तको ३.३५ र महिला लघुवित्तको सेयरमूल्य ३.१८ प्रतिशतले घट्यो । 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पननीको आज ८१ करोड ९२ लाख बढीको सेयर कारोबार भयो भने अरुण भ्यालि हाइड्रोपावर ६० करोड ७१ लाख र युनिर्भसल पावर कम्पनीको ५४ करोड ८१ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: