काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४८.४ अंकले बढ्दै १७९६२.१४ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३९ अंकले बढ्दै १४४८८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज यूनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता ५८३ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। नेप्से परिसूचक १.५४ अंकले बढ्दै ३१०९.६६ बिन्दुमा पुग्यो। यो दिन २२४ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँमा किनबेच भयो।
आज १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज हाइड्रो समूहमा सबैभन्दा धेरै उछाल आयो। यो समूह ११९.५७ अंकले बढेको आज वित्त ९०.९१ र अन्य ८.४१ अंकले बढ्यो।
बैंकिङ समूह १२.०८ अंकले घटेको आज व्यापार ४३.८३, होटल एण्ड टुरिजम ३७.६६, विकास बैंक ५३.१२, उत्पादन तथा प्रशोधन ५५.८२, लघुवित्त ५५.४४, म्युचुअल फन्ड ०.०६ र लगानी समूह ०.६४ अंकले घट्यो।
आज ६ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आईसीएफसी फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, यूनियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज कणाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै घट्यो। यो कम्पनीको सेयरमूल्य ३.८९ प्रतिशतले घट्यो।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको ६७ करोड ४८ लाख बढीको कारोबार भयो भने अपर तामाकोशीको ५८ करोड ९९ लाख, अपि पावरको ५३ करोड ८० लाख र सिनर्जी पावर कम्पनीको ५० करोड ४५ लाख बढीको सेयर कारोबार भयो।