परिसूचकमा झिनो अंकको वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

2021-08-17
परिसूचकमा झिनो अंकको वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २५१.७८ अंकले घट्दै १७५९६.३९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३२.५९ अंकले ओरालो लाग्दै १४२४०.३० बिन्दुको झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज प्राइम लाइफको सेयरमूल्य २.५८ प्रतिशतले घट्दै प्रतिकित्ता ९७८ रुपैयाँ कायम भयो। त्यस्तै एलआईसी नेपालको सेयरमूल्य २.२५ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकले घट्यो। परिसूचक ०.६६ अंकले घट्दै ३१५९.४२ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२१ कम्पनीका ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ६ वटा समूहमा हरियाली छायो भने अन्य समूहमा भने रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा आयो। यो समूह २९२.७३ अंकले बढ्यो। त्यस्तै हाइड्रोपावर समूह ११६.९३, वित्त १४१.७७, उत्पादन तथा प्रशोधन ८९.७१, लघुवित्त ५.४९ र लगानी समूह ०.०७ अंकले बढ्यो। 

बैंकिङ समूह २३.१८ अंकले घटेको आज व्यापार समूह ५९.५, होटल एण्ड टुरिजम ३८.०६, अन्य ३५.३६ र म्युचुअल फन्ड ०.१५ अंकले घट्यो। 
आज १२ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। गोर्खाज फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, दिब्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आखु खोला जलविद्युत, जोशी हाइड्रोपावर, पन्चकन्या माइहाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्युत परियोजना, सीईडीबी हाइड्रोपाव र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज माछापुच्छ्रे बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। बैंकको सेयरमूल्य २.७५ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ८६ करोड ३८ लाख बढीको सेयर कारोबार भयाो भने एचआईडीसीएल ६२ करोड ४० लाख, अरुण काबेली पावर ६० करोड ३४ लाख र रिडी हाइड्रोपावरको ५५ करोड १९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: