परिसूचकमा दोहोरो अंकको सुधार, बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-08-18
परिसूचकमा दोहोरो अंकको सुधार, बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १५१.३२ अंकले बढ्दै १७७४५.८० बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.४१ अंकले बढ्दै १४३२३.७१ बिन्दुको उचाईमा पुग्यो।

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै वृद्धि भयो। आज एशियन लाइफको सेयरमूल्य ४.३८ प्रतिशतले बढ्दै प्रतिकित्ता १४५५ रुपैयाँ कायम भयो।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ३८.२८ अंकले बढ्दै ३१९८.६० बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२८ कम्पनीका ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा किनबेच भयो।

१३ वटा समूहमध्ये आज दुईवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। आज विकास बैंक समूहमा सबैभन्दा धेरै उछाल आयो। यो समूह ३३०.४६ अंकले बढ्यो। त्यस्तै बैंकिङ समूह १६.४२, होटल एण्ड टुरिजम ६.२३, हाइड्रोपावर ५१.४८, वित्त १४८.२, उत्पादन तथा प्रशोधन २५५.९२, अन्य ३.३, लघुवित्त १.५५ र लगानी समूह १.७२ अंकले बढ्यो।

आज व्यापार समूह १५.५१ अंकले र म्युचुअल फन्ड समूह ०.२४ अंकले घट्यो।

आज चारवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। अरुण भ्याली हाइड्रोपावर, अरुण काकेली पावर, शिवम् सिमेन्ट र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो।

आज आरएसडीसी लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.३५ प्रतिशतले घट्यो।

यो दिन नेशनल हाइड्रोपावर लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ७८ करोड ८७ लाख बढीको सेयर कारोबार भयो भने अपि पावर कम्पनीको ६३ करोड ४६ लाख र लुम्बिनी विकास बैंकको ५९ करोड ७६लाख बढीको सेयर कार।ारेबार भयो।    


Share this with your friends: