काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक आज ११२.८ अंकले बढ्दै १४८८८.५६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १८०७०.४१ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज नेको इन्स्योरेन्सको सेयरमूल्य ५.०६ प्रतिशतले बढ्दै प्रतिकित्ता १५९३ रुपैयाँ कायम भयो। त्यस्तै जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.४९, प्रिमियर इन्स्योरेन्स ४.३२, सगरमाथा इन्स्योरेन्स २.६८ र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य २.३७ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ५६.०३ अंकले घट्दै ३१२४.८७ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२५ कम्पनीका २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ०६० रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छायो। आज निर्जीवन बीमा समूह ११२.८ र वित्त समूह ४५.७९ अंकले बढ्यो।
आज सबैभन्दा धेरै गिरावट विकास बैंक समूहमा आयो। यो समूह २४३.८९ अंकले घट्यो। यस्तै बैंकिङ समूह १९.८२, व्यापार ६२.५३, होटल एण्ड टुरिजम १७.०२, हाइड्रोपावर २३२.७७, उत्पादन तथा प्रशोधन १५७.४, अन्य ३०.०२, लघुवित्त ३१.४५, म्युचुअल फन्ड ०.०१ र लगानी समूह ५.२५ अंकले घटे।
आज दुईवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै सेन्ट्रल फाइनान्स ७.४७ र नेको इन्स्योरेन्सको सेयरमूल्य ५.०६ प्रतिशतले बढ्यो।
आज १४ वटा हाइड्रो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। नेशनल हाइड्रोपावर, एचआईडीसीएल, खानीखोला हाइड्रो, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावर, शिव श्री हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको सेयरमूल्य १० प्रतिशतले घट्यो।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ७५ करोड ४३ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अरुण काबेली हाइड्रोपावर ७१ करोड ९१ लाख, नेशनल हाइड्रोपावर ५८ करोड ५३ लाख र रिडी हाइड्रोपावर कम्पनीको ४७ करोड २० लाख बढीको सेयर कारोबार भयो।