परिसूचकमा भारी गिरावट, बीमातर्फ सानिमा लाइफको सेयरमूल्यमा पोजेटिभ सर्किट

2021-09-02
परिसूचकमा भारी गिरावट, बीमातर्फ सानिमा लाइफको सेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३५९.८० अंकले घट्दै १६५३०.७० बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २३५.५३ अंकले ओरालो लाग्दै १३४९६.२४ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ३३९ रुपैयाँको उचाईमा पुग्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एलआईसी नेपालको सेयरमूल्य ५.१४ प्रतिशतले बढ्दै प्रतिकित्ता २१७७ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा भारी गिरावट आयो। परिसूचक ५०.२८ अंकले घट्दै २९२६.७४ बिन्दुमा सीमित भयो। यो दिन २३० कम्पनीका १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८८२ रुपैयाँ किनबेच भयो। 

आज सबै समूहमा रातो पोतियो। बैंकिङ समूह १६.४३ अंकले घटेको आज व्यापार ३८.५६, होटल एण्ड टुरिजम ०.९६, विकास बैंक १८६.१३, हाइड्रोपावर ११६.७८, वित्त ११३.८८, उत्पादन तथा प्रशोधन १२७.०५, अन्य ३७.५२, म्युचुअल फन्ड ०.१४ र लगानी समूह ३.५१ अंकले घट्यो। 
आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। यस्तै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ९.९९, चन्द्रागिरी हिल्स ५.२३, खानीखोला हाइड्रो ५ र डिप्रोक्स लघुवित्तको सेयरमूल्य ४.३२ प्रतिशतले बढ्यो। 

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। बैंकको सेयरमूल्य ६.८७ प्रतिशतले घट्यो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.४८, अरुण काबेली हाइड्रोपावर ६.०९ र एनआरएनको सेयरमूल्य ५.८८ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५७ करोड ४० लाख बढीको सेयर कारोबार भयो भने अपि पावरको ३२ करोड ९९ लाख, ङाली पावर गुप्रको २३ करोड ३१ लाख र यूनाइटेड मोदी हाइड्रोको २२ करोड २० लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: