परिसूचकमा झिनो अंकको वृद्धि, अजोड इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-09-13
परिसूचकमा झिनो अंकको वृद्धि, अजोड इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १९८.८६ अंकले बढ्दै १३६१९.६२ बिन्दुको उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा उपसूचक पनि ८५.८४ अंकले बढ्दै १६५६६.०५ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा चारवटा बीमा कम्पनीले आफ्नो स्थान सरक्षित गर्न सफल भए। आज अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ८५९ रुपैयाँ कायम भयो। त्यस्तै सानिमा लाइफको सेयरमूल्य ९.९९, एभरेष्ट इन्स्योरेन्स ३.६८ र सानिमा जनरलको सेयरमूल्य २.९० प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भयो। परिसूचक ०.२७ अंकले बढ्दै २९४७.६९ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२६ कम्पनीका १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँमा किनबेच भयो। 

आज ७ वटा उपसूचकमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। बैंकिङ समूह १६.८१ अंकले बढेको आज व्यापार समूह २९.५३, होटल एण्ड टुरिजम ४.१३, विकास बैंक ४.३५ र वित्त उपसूचक २.५ अंकले बढ्यो। 

हाइड्रोपावर उपसूचकमा आज सबैभन्दा धेरै गिरावट आयो। यो उपसूचक ९०.५६ अंकले घट्यो। उत्पादन तथा प्रशोधन उपसूचक ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, म्युचुअल फन्ड ०.०२ र लगानी समूह ०.६४ अंकले घट्यो। 

आज अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। त्यस्तै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ९.९९, सानिमा लाइफ ९.९९ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ४.१६ प्रतिशतले बढ्यो। 

आज कालिका पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले घट्यो। रैराङ हाइड्रोपावरको सेयरमूल्य ५.६२, ग्रिनलाइफ हाइड्रो ५.३६, युनिभर्सल पावर कम्पनी ५.१३ र माउन्टेन हाइड्रोको सेयरमूल्य ५.०४ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ६१ करोड ९३ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: